११ हजार भोल्टको लत्रिएको तारमा पर्दा खेत जोतिरहेका किसानको मृत्यु
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २३ मंसिर २०८०  
  
                        
                            रौतहट । ११ हजार भोल्टको बिजुलीको लत्रिएको तारमा पर्दा रौतहटमा खेत जोतिरहेका किसानको मृत्यु भएको छ।
 प्रहरीका अनुसार स्थानीय माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको हाे। 
खेत जोतिरहेका बेला एक्कासी करेन्ट प्रवाह भएको ११ हजार भोल्टको बिजुलीको तारमा पर्दा किसानसँगै एउटा गोरु पनि मरेको छ।
रौतहटका प्रहरी निरीक्षक झलक शर्माका अनुसार उक्त स्थानमा पहिले पनि विद्युत सर्ट भएर आगो देखिने गरेको थियो।
स्थानीयले विद्युत प्राधिकरणको लापरबाही रहेको आरोप लगाएका छन्।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                           _1761906109.jpg) 
                            
                           