सप्तरीमा ब्राउन सुगरसहित १ युवक पक्राउ

  डेटूडे खबर डेस्क
  २३ मंसिर २०८०

                            

सप्तरी । सप्तरीमा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका-५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले सुरुङ्गा-५ कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेकाे हाे । 

उनले लगाएको जिन्स पाइन्टबाट ० दशमलव ३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता एवम् डीएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट