कोप–२८ सम्मेलन नेपालका लागि उपलब्धिमूलक : वनमन्त्री महताे

  डेटूडे खबर डेस्क
  २३ मंसिर २०८०

                            

काठमाण्डाै।- वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएउनुभएको छ ।

युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भइ नेपाल फर्कने क्रममा कुरा गर्दै उहाँले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गर्नुभयो ।

कोप–२८ मा सहभागी भएर मन्त्री डा महतो आज स्वदेश फर्कनुभएको छ । 'यसपटक हामी 'वानडोर विन्डोज सिस्टम'बाट प्रस्तुत भएका थियौँ । यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्', उहाँले भन्नुभयो। 

यूएईको दुबईमा यही मङ्सिर १४ गतेदेखि शुरू भएको त्यस सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ । यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ । मन्त्री डा महतोले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गर्नुभएको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताउनुभयो ।

यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तरक्रिया गरिएको मन्त्री डा महतोले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट