दश किलो गाँजासहित बाराबाट एक व्यक्ति पक्राउ
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              १८ माघ २०८०  
  
                        
                            बारा । दश किलो गाँजासहित बाराबाट एक व्यक्ति पक्राउ गरिएको छ । मकवानपुरको हेटौँडा नगरपालिका– ३ बस्तीपुरका २७ वर्षका पवन गिरीलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता दधीराम न्यौपानेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालयजिबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका– ७ निजलाई खाेनतलासी गर्दा उनले बोकेका दुई वटा झोलाभित्र पाँच किलोका दरले राखिएको गाँजा बरामद गरिएको थियो ।
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                           _1761906109.jpg) 
                            
                           