सरकारमा जान जनमतले राख्यो मधेशको मुख्यमन्त्री शर्त

  डेटूडे खबर डेस्क
  २१ फाल्गुण २०८०

                            

काठमाडौँ । नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले शर्त राखेको छ ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग गठबन्धन गर्ने सहमति गरेपछि जनमत पार्टीको सचिवालय बैठक बसेको थियो ।

बैठकले संघीय सरकारमा राम्रो मन्त्रालय सहित मधेश प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान लिएको छ ।

‘हामीलाई विगत एक वर्षमा मधेशमा पनि सही मूल्याकंन भएको छैन र संघमा पनि राम्रो समन्वय गरिएको छैन’, पार्टी सचिव बीपी साहले भने, ‘यस्तो बेला कुरा गरेर मात्रै निर्णय लिने भएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट