प्रधानमन्त्री पुष्पकमल दाहालले पाए विश्वासको मत

  डेटूडे खबर डेस्क
  ३० फाल्गुण २०८०

                            

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् ।  प्रतिनिधि सभाको बैठकमा विश्वासको मत मागेका  प्रधानमन्त्री दाहालले  विश्वासकाे मत पाएका हुन् । 

 बैठकमा उपस्थित २६८ संसदमध्ये उनको पक्षमा १५७ मत परेको छ भने विपक्षमा ११० मत परेको छ । एक जनाले भने पक्ष वा विपक्षमा मतदान गरेनन् तटस्थ रहे ।

 विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको स्पष्ट पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट