जसपा नेपालले सरकारलाई दिएकाे समर्थन फिर्ता लियाे

  डेटूडे खबर डेस्क
  ३१ वैशाख २०८१

                            

 जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले आज सभामुखलाई पत्र पठाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । अध्यक्ष यादवले जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएको बताए ।

यादवले आफ्नो पार्टी सरकारबाट समेत बाहिरिएकाले संसदमा प्रतिपक्षमा नै बसेर रचनात्मक भूमिका निर्वाह गर्ने बताए । यसअघि आजै यादवले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट