जसपा नेपालको अध्यक्षमा यादव निर्विरोध निर्वाचित

  डेटूडे खबर डेस्क
  ३० जेठ २०८१

                            
जनकपुधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । स्थापना कालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका यादव पुनः अध्यक्षमा चयन भएका हुन् ।

जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । त्यसमा अध्यक्षमा उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । उनलाई अध्यक्षमा कसैले पनि चुनौती दिएनन् ।

अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट