दबाबले प्रधानमन्त्रीको राजीनामा नआउने

  डेटूडे खबर डेस्क
  २४ आषाढ़ २०८१

                            

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले एमाले र काँग्रेस मिल्दा दबाब भए पनि प्रधानमन्त्रीले राजीनामा नदिने बताएका छन् । आईतवार संसदबाहिर सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अर्थमन्त्री पुनले एमाले–काँग्रेस सत्ता समिकरण संविधान संशोधन गरी प्रश्चगमनतिर लैजाने षड्यन्त्र रहेको समेत बताए ।

उनले संसद फेस गरेर प्रधानमन्त्रीले एमाले र काँग्रेससँग दुई दल किन मिल्नुभयो भनेर प्रश्न गर्न खाजेको बताए । उनले संविधान संशोधन भनेको पश्चगमनतिर जानु भएको भन्दै अग्रमनतिर गए माओवादी पनि संविधान संशोधनको पक्षमा रहेको बताए । एमाले–काँग्रेस गणतन्त्र, संघीयता, समानुपातिक र समावेशीताबाट पछाडि हट्न खाेजेको भन्दै उनले यो कार्य माओवादीलाई स्वीकार्य नहुने बताए ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना रहेको दाबी समेत गरेका छन् । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिनसम्म परिस्थितिमा फेरबदल आउने दाबी गर्दै उनले प्रधानमन्त्रीले विश्वासको मत पाएर वर्तमान सरकारकै निरन्तरता रहने बताए । विश्वासको मत नपाएमा माओवादी केन्द्रले प्रभावकारी, बलशाली, रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट