सौर्य एअरलाइन्स दुर्घटना : पाँच शव परिवारलाई बुझाइयो

  डेटूडे खबर डेस्क
  ११ श्रावण २०८१

                            

काठमाण्डाैँ ।  सौर्य एअरलाइन्सकाे विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन शुरू भएको छ ।

त्रिवि शिक्षण अस्पतालले सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरी शव बुझाउन शुरू गरेको हो । अहिलेसम्म पाँच वटा शव आफन्तले लगेका छन् । बाँकीका आफन्तले बीमालगायतको विषय नटुङ्गिएसम्म शव जिम्मा नलिने अडान लिँदा ढिला भइरहेको छ ।

अस्ति बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटनामा हुँदा १८ जनाको ज्यान गएको थियो । शवलाई त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।

यसैबीच सौर्य एअरलाइन्सले अस्ति भएको दुर्घटना अकल्पनीय भएको बताउँदै अत्यन्तै मर्माहत र भावविह्वल भएको बताएको छ । अध्यक्ष तथा सम्पूर्ण परिवारका तर्फबाट निकालेको विज्ञप्तिमा पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सद्भाव सधैँ रहने उल्लेख छ ।

दुर्घटनामा बाँच्न सफल क्याप्टेन मनिषरत्न शाक्यको काठमाण्डाै मेडिकल कलेजमा उपचार भइरहेको छ । अहिले क्याप्टेन शाक्यको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई सघन कक्षबाट सामान्य बेडमा सारेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट