नवनियुक्त प्रदेश प्रमुखहरूले लिए पद तथा गोपनीयताको शपथ

  डेटूडे खबर डेस्क
  १७ श्रावण २०८१

                            

काठमाडौँ । विभिन्न तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार शीतल निवासमा बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर र कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।

बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट