उपनिर्वाचनका निम्ति मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

  डेटूडे खबर डेस्क
  २९ श्रावण २०८१

                            

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गरेका हुुन् ।

“विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३४ पद रिक्त छ ।

रिक्त पदहरूको पदावधि एक वर्षभन्दा बढी समय बाँकी रहँदा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।

निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता कार्य स्थगन गरिन्छ । आयोगले उपनिर्वाचन हुने स्थानका मतदातालाई त्यसअघि नै नाम दर्ता गर्न आह्वान गरको हो ।

काठमाडौं । स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचनको मिति तोकिनुपूर्व निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगका प्रवक्ता रघुराम विष्टले मंगलबार विज्ञप्ति जारी गर्दै नामावलीमा नाम नभएकालाई दर्ता गर्न आग्रह गरेका हुुन् ।

“विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३४ पद रिक्त छ ।

रिक्त पदहरूको पदावधि एक वर्षभन्दा बढी समय बाँकी रहँदा आयोगको परामर्शमा सरकारले मिति तोकी उपनिर्वाचनद्वारा पदपूर्ति गरिने व्यवस्था छ ।

निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता कार्य स्थगन गरिन्छ । आयोगले उपनिर्वाचन हुने स्थानका मतदातालाई त्यसअघि नै नाम दर्ता गर्न आह्वान गरको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट