प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री वर्माबिच भेट

  डेटूडे खबर डेस्क
  ३२ श्रावण २०८१

                            

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड आर.वर्माबिच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार अपराह्न प्रधानमन्त्री ओली र अमेरिकी उप–विदेशमन्त्री रिचार्डबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उप–विदेशमन्त्री रिचार्ड आजै नेपाल भ्रमणमा आएका छन्।

नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने  यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट