जनताका मुद्दा लिएर सडक संघर्ष गर्छौं : उपेन्द्र यादव

  डेटूडे खबर डेस्क
  ०९ भदौ २०८१

                            

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताका मुद्दा र सवाललाई लिएर सडक संघर्ष गर्ने घोषणा गरेका छन्।

आइतवार काठमाडौँमा जनतासँग जसपा, नेपाल अभियन्ता अभिमुखीकरणको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले जनतालाई सचेत र संगठित गर्न आफूहरूले चारमहिने अभियान चलाएको बताए।

अध्यक्ष यादवले यो अभियानपछि संगठनलाई सुदृढ गर्ने र तेस्रो चरणमा जनताका मुद्दा लिएर सडक संघर्षमा उत्रिने बताए। उनले मुलुकलाई बचाउने हो भने अब कसैको मुख ताकेर नहुने बताए।

उनले अब पनि अरूको मुख ताकेर देश र जनताको भविष्य छोड्न नसक्ने दावी गरे। जसपा नेपालले सडक र जनताको बीचबाट हस्तक्षेपकारी भूमिका खेल्न तयार हुनुपर्ने बताए।

यादवले भने‚ ‘जनतालाई सचेत र संगठित गर्न हामीले चारमहिने अभियान चलाएका हौँ। जनताका मुद्दा लिएर हामी सडक संघर्षमा जानैपर्छ। यो मुलुकलाई बचाउने हो भने अब मुख ताकेर हुँदैन। संविधान संशोधनको कुरा आइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट