मलाई बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाइयो : प्रचण्ड

  डेटूडे खबर डेस्क
  १६ भदौ २०८१

                            

काठमाडाैँ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् ।

प्रेस सेन्टर बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस– एमालेले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाए । उनले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दलले प्रधानमन्त्रीबाट हटाएको बताए ।

उनले भने–‘मैले राम्रो काम गर्दागर्दै पनि प्रधानमन्त्रीबाट हटाइयो । एमाले र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाए ।’

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबिच पार्टी एकता गर्दै जाने योजना रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट