जउवा संघको अध्यक्षमा भण्डारी विजयी

  डेटूडे खबर डेस्क
  ३० भदौ २०८१

                            

जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् ।

भण्डारी १ हजार ६ सय ४४ मत ल्याएर जउवा संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी मनिषरमण साहलाई ७२ मतको मतान्तरले पराजित गरेका हुन् ।

मनिषरमण साहले १ हजार ५ सय ७२ मत ल्याए भने जितेन्द्र प्रसाद साहले २सय ९३ मत मात्रै ल्याउन सके । अध्यक्ष पदमा ६३ मत बदर भएको निर्वाचन समितिका संयोजक ललित साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट