नेपालको हारको सिलसिला जारी
डेटूडे खबर डेस्क
०७ असोज २०८१
जनकपुरधाम । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ । गएराती भएको खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुँदै १८१ रन बनाएको थियो ।
यस सिरिजमा नेपालको ब्याटिङ लगातार फ्लप हुँदै आएको छ । नेपालले आफ्ना शिर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।
यो जित पछि क्यानडा लिग-२ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।