जनकपुरधाममा यस वर्षपनि सस्तो बजार लाग्ने

  डेटूडे खबर डेस्क
  ०९ असोज २०८१

                            

जनकपुरधाम । जनकपुरधाममा विजयदशमीको अवसर प्रत्येक वर्ष जस्तै यस वर्ष पनि ‘दसैँ सस्तो बजार’ लाग्ने भएको छ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा सस्तो बजार लाग्ने भएको हो । यसका लागि तयारी सुरु भइसकेको सङ्घका निर्वाचित अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।    
    
 उनले घटस्थापनाका दिनदेखि लाग्ने सस्तो बजारमा दैनिक उपभोग्य र चाडपर्वका सरसमानदेखि विभिन्न समान सुपथ मूल्यमा उपलब्ध हुने जनाइएको छ । अध्यक्ष भण्डारीले हाल आर्थिक मन्दी चलिरहेकाले यसपटक सामानको मूल्यवृद्धि नगरिएको बताए ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट