देशभर बाढीपहिरोमा परी ६० जनाको मृत्यु, ६४ जना बेपत्ता
डेटूडे खबर डेस्क
१२ असोज २०८१
काठमाडाैँ । दुई दिनको लगातारको वर्षापछि आएको बाढीपहिरोमा परी देशभर ६० जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीले शनिबार साँझ ५ बजेसम्म देशभर ६० जनाको मृत्यु भएको र ६४ जना बेपत्ता भएको जनाएको छ ।
सबैभन्दा धेरै बागमती प्रदेशमा क्षति भएको छ । काठमाडौं उपत्यकामा मात्र ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । यस्तै बागमती प्रदेशका अन्य जिल्लाहरूमा १९ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् ।
कोशी प्रदेशमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा एक जना बेपत्ता छन् ।