साँस्कृतिक पर्यटन प्रवद्धनका लागि भूमी लोकउत्सव
डेटूडे खबर डेस्क
०९ कार्तिक २०८१
जनकपुरधाम । शनिबार जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना हुन लागेको ‘भूमि लोक उत्सव’ को दोस्रो संस्करणको तयारी अन्तिम चरणमा रहेको छ ।
सांगीतिक पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले भूमि फाउन्डेशनले गत वर्षदेखि उत्सव मनाउन थालेको हो ।
उत्सवकालागि लाईटसाउण्ड लगायत दर्शकहरुको लागि बस्ने व्यवस्थाको लागि तिरहुतिया गाछीमा तयारी जारी रहेको छ ।
फाउण्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाका अनुसार मिथिला क्षेत्रका लोपोन्मुख लोक गीत, परम्परा, रीतिरिवाजहरूको संरक्षणमा उत्सवले विशेष योगदान पु¥याउने बताए ।उत्सवले मधेश र मिथिलाको सांस्कृतिक विरासतलाई उजागर गर्दै आञ्चलिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूलाई एकै स्थानमा ल्याउने उनको भनाइ छ ।
उनका अनुसार उत्सवमा लोक झाँकी, नाचगानसहित विभिन्न सांस्कृतिक प्रस्तुतिहरू गरिने छ। प्रख्यात गायिका झुमा लिम्बू, वरिष्ठ मैथिली गायिका डा. रञ्जना झा र गायक सुशान्त घिमिरेजस्ता कलाकारहरूले उत्सवलाई स्मरणीय बनाउने जनाएको छ ।
यस्तै नाट्य समूह मिथिला नाट्यकला परिषद् (मिनाप) ले पनि आफ्नो प्रस्तुति दिनेछ । मधेश र मिथिला क्षेत्रको सांस्कृतिक पुनरुत्थानमा यो उत्सवले महत्वपूर्ण भूमिका खेल्ने तथा युवामा मौलिक कलाप्रतिको उत्साह बढाउने विश्वास झाको विश्वास छ । उत्सव अवधिभर नाचगान, सांस्कृतिक झाँकी प्रदर्शन, र ‘सार्वजनिक जीवनमा महिला’ नामक फोटो प्रदर्शनी पनि समावेश गरिने झाले बताए ।