‘जनलोकपाल विघटन हुनु पर्छ’

  डेटूडे खबर डेस्क
  ०९ कार्तिक २०८१

                            

जनकपुरधाम । मधेशमा आर्थिक अनियमितता तथा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने उद्देश्यले मधेश प्रदेश सरकारले स्थापना गरेको जनलोकपाल आयोगका पदाधिकारीहरु बिनाकाम नै विगत तीन वर्षदेखि तलब भत्ता लिंदै आएको कुरोको सर्वाधिक आलोचना हुन थालेको छ । आयोग स्थापनाको तीन वर्ष बितेपनि आयोग कामविहीन बनेकोले यसको विघटन हुनु पर्ने सामाजिक संजाल फेशबुकमा व्यापक आलोचना भइरहेको छ ।
आयोगका अध्यक्ष रामसहाय यादवद्वारा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाइएको वार्षिक प्रतिवेदनमा विगत तीन वर्षमा कुनै पनि काम नभएको प्रष्टै छ ।
सो समाचार आएपछि सामाजिक संजालमा आयोगको तीव्र आलोचना हूँदैछ । सामाजिक संजालमा लेख्दै अभियन्ताहरुले जुन आयोगले तीन वर्षमा केही पनि काम गर्न सकेन त्यस्तो आयोगलाई राखेर तलब भत्तामा बजेट खर्चिनुको कुनै औचित्य छैन भनेर खुलेरै आलोचना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट