तिहारमा पनि सफा देखिएन जनकपुरधाम
डेटूडे खबर डेस्क
१५ कार्तिक २०८१
जनकपुरधाम । सम्बन्धित सरोकारवालाहरुको अर्कमण्यता र गैरजिम्मेवारीपनका लागि जनकपुरधाम उमहानगरपालिकाको विभिन्न स्थानमा तिहारको बेला पनि फोहरै फोहर देखिएको छ । यस्ता फोहोरको डुँगुरको तस्वीर हालेर समाजिक संजाल फेसबुकमा व्यापक आलोचना समेत भइरहेको छ । जनकपुरधामको करिब करिब सबै वडाको गल्ली गल्ली फोहरै फोहर छ । ल्याण्डफिल साइटको अभावमा नगरका सवारीले फोहर संकलन गरेपनि सो फाल्ने उचित ठाउँ नै छैन भन्ने मेयर मनोज साहको कथन छ । ल्याण्डफिल साइट निर्माणकालागि आफूले पहल गरिरहेको उनको कथन छ । तर,यहाँ फोहर फाल्ने कहाँ भनेर घर घरका नागरिकहरुले एउटै प्रश्न गर्दै आखिरकार फोहर नालामै फाल्ने गरेका छन् ।