ऋषभ बने मँहगा खेलाडी

  डेटूडे खबर डेस्क
  १० मंसिर २०८१

                            

एजेन्सी । भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

सन् २०२५ को आईपीएलका लागि जारी अक्शनमा ऋषभलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा (४३ करोड २० लाख नेपाली रुपैयाँमा) टोलीमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका रिषभको न्यूनतम मूल्य २ करोड भारु रहेको थियो ।

यसअघिका सर्वाधिक मुल्य पाउने खेलाडीमा श्रेयस अय्यर रहेका थिए । यसै अक्सनमा अय्यरले पन्जाब किंग्समा २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको हो । यसअघि गत वर्ष कोलकाता नाइट राइडर्सले मिचेल स्टार्कलाई २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए ।

१२ खेलाडीको अक्सन सकिदा सर्वाधिक कम मुल्य पाउनेमा डेविड मिलर र लियम लिविगंस्टोन रहेका छन् । मिलर ७.५ करोडमा लखनउ सुपर जायन्ट्स र लिविगंस्टोन ८ करोड ७५ लाखमा रोयल च्यालेन्जर्स बेंग्लुरुमा अनुबन्ध भएका छन् ।

हालसम्म बिकेका खेलाडीहरु: (नगद भारुमा)

ऋषभ पन्त – २७ करोड – लखनउ

श्रेयस ऐर – २६.७५ करोड – पन्जाब

अर्षदिप सिंह – १८ करोड – पन्जाब

युजभेन्द्र चहल – १८ करोड – पन्जाब

जस बटलर – १५.७५ करोड – गुजरात

केएल राहुल – १४ करोड – दिल्ली

मोहमद सिराज – १२.२५ करोड – गुजरात

मिचेल स्टार्क – ११.७५ करोड – दिल्ली

कागीसो रबाडा – १०.७५ करोड – गुजरात

मोहमद शामी – १० करोड – हैदरावाद

लियाम लिभिंगस्टोन – ८.७५ करोड – बेंगलोर

डेविड मिलर – ७.५ करोड – लखनउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट