सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आजपा

  डेटूडे खबर डेस्क
  ११ पौष २०८१

                            

काठमाडौँ । आम जनता पार्टी (आजपा) ले सरकारले मनोमानी कर लिइरहेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएको छ ।

यही पुस १४ गते प्रदर्शन गर्न लागिएको आजपाले जनाएको छ ।

केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिइरहेको कर मनोमानी रहेकाले अन्त्य गर्नुपर्ने उनीहरूको माग छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे कर लिन नहुने बताउँछन् । 

उनी भन्छन्, ‘सरकार पिच्छे पाईला पाइलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट