मधेश प्रदेश सभाले सातौ‌ वार्षिक उत्सव मनाउँदै

  डेटूडे खबर डेस्क
  २१ माघ २०८१

                            

जनकपुरधाम । मधेश प्रदेश सभाले आज आफ्नो स्थापना दिवसको अवसरमा साताै‌‌ वार्षिक उत्सव मनाउँदैछ । प्रदेश स्थायी राजधानी जनकपुरधामको मधेश प्रदेश सभाको प्राङ्गनमा आज वार्षिकोत्सव कार्यक्रम मनाउन लागेको छ ।    
मधेश प्रदेश सभा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै वार्षिकोत्सवको रुपमा विगतका वर्ष झै यस वर्ष पनि मनाइरहेका छन् ।

यहि अवसर पारेर मधेश प्रदेश सभाले सरसफाई, अन्तरक्रिया, खेलकुद, मानव सेवा आश्रम जनकपुरधाम शाखा, कबिर बाल आश्रम जनकपुरधाम, जानकी बृद्धाश्रम जनकपुरधामलाई खाधान्न सामग्रीहरु सहयोगका साथै वृक्षारोपन कार्यक्रम संचालन समेत गरेका थिए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट