मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

डेटूडे खबर डेस्क
२८ माघ २०८१
काठमाडौँ । मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले मिडिया काउन्सिल विधेयक, २०८० पारित गरेको हो ।बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पारित गर्न प्रस्ताव पेस गरे । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले मिडिया काउन्सिल विधेयक, २०८० राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको घोषणा गरे ।राष्ट्रिय सभाको अर्को बैठक फागुन ४ गते आईतवार बस्नेगरी स्थगित भएको छ ।