सुनको भाउमा नयाँ कीर्तिमान : तोलाकाे एक लाख ७५ हजार रुपैयाँ नाघ्यो
 
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              ०५ चैत्र २०८१  
  
                        
                            जनकपुरधाम । आज सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको एक लाख ७५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । हिजो सुनको भाउ एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि चैत्र एक गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ आज तोलामा १० रुपैयाँले बढेर दुई हजार ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ कायम भएको थियो । 
                        
                     
                    
                   |
 |  
                            
 
  
                            
                            
                            
                            
                            
                           