मधेश सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव
डेटूडे खबर डेस्क
२१ पौष २०८२
जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश सबै समुदायको साझा घर भएको बताएका छन् । मुख्यमन्त्री यादवले साेमबमर (आज) एक सन्देश जारी गर्दै विविधता नै मधेशको शक्ति रहेकाे बताए छन्।
उनले मधेसको वास्तविक शक्ति एकतामा रहेको र विभाजनले समाज, राज्य तथा नागरिक सबैलाई कमजोर बनाउने धारणा राखे। हाल केही स्थानमा देखिएका तनाव, अफवाह र उत्तेजनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले हिंसाले कहिल्यै समाधान हुने नदिने बताए।
धर्मका नाममा फैलाइँदै आएको घृणा, हिंसा र विभाजन सभ्य समाजका लागि अस्वीकार्य भएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजलाई झनै कमजोर बनाउने उनको भनाइ छ ।मुख्यमन्त्री यादवले सबै धर्मगुरु, राजनीतिक दल, युवा तथा सचेत नागरिकलाई संयम, संवाद र सहअस्तित्वको मार्ग अवलम्बन गर्न आग्रह गर्दै समस्या समाधान सधैँ संवादबाट हुने, द्वन्द्वबाट कहिल्यै नहुने धारणा व्यक्त गरे।
