नेपालको वन क्षेत्रलाई बढाएर ४५ प्रतिशत पुर्याउने लक्ष्य छ : प्रधानमन्त्री देउवा

डेटूडे खबर डेस्क
१७ कार्तिक २०७८
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले बन क्षेत्रको प्रबर्द्धन र विकासलाई नेपालले उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।
नेपालको वन क्षेत्रलाई ४५ प्रतिशतसम्म पुर्याउने लक्ष्य रहेको बताउनु भएको छ ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आयोजना गर्नुभएको ब्रेकफाष्ट मिटिङमा प्रधानमन्त्री देउवाले वन क्षेत्रलाई बढाउने कुरा राख्नुहुंदा त्यहाँका सम्बद्ध पक्षहरुले नेपालको योजनावारे थप प्रष्ट पार्न प्रधानमन्त्री देउवासँग अनुरोध गर्नुभएको थियो ।
त्यसपछि प्रधानमन्त्री देउवाले हाल नेपालको वन क्षेत्र ४० दशमलव ७ प्रतिशत रहेको र त्यसलाई वृद्धि गरी ४५ प्रतिशत पुर्याउने लक्ष्य रहेको बताउनुभयो ।
खासगरी नेपालको वन समुदायमा आधारित र उन्नत खालको भएकाले समुदायले वन क्षेत्रलाई संरक्षण गरेको र त्यसलाई सरकारले सहजीकरण गरेको जानकारी प्रधानमन्त्री देउवाले दिनुभयो ।