धनुषामा पौडी खेल्ने क्रममा ज्यान गुमाएका युवकको शव फेला
डेटूडे खबर डेस्क
२९ चैत्र २०८२
धनुषा । धनुषामा पौडी खेल्ने क्रममा ज्यान गुमाएका युवकको शव फेला परेको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टोडकीटोलस्थित कमल खोलामा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव आइतबार बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको हो ।
जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने १८ वर्षीय महमद आयन कमड चैत्र २८ गते खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
सो घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रघुनाथपुर र प्रहरी चौकी चिसापानीबाट खटिएको टोलीले खोजी कार्य गरेको थियो । सो टोली बेपत्ता युवकलाई फेला नपारेपछि गोताखोर टोली परिचालन गरिएको थियो ।गोताखोर टोली घटनास्थलबाट करिब ४० मिटर तल झन्डै ४० मिटर गहिराइबाट उनको शव निकालेको सशस्त्र प्रहरीले जनाएको छ ।
