आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै आरसीबीको शानदार जीत

  डेटूडे खबर डेस्क
  ०३ वैशाख २०८३

                            

एजेन्सी । रोयल च्यालेन्जर्स बेङ्गलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

बेङ्गलुरुमा हिजो भएको खेलमा आरसीबीले दिएको १४७ रनको लक्ष्य बेङ्गलुरुले १५ ओभर १ बलमै पूरा गर्‍यो । बेङ्गलुरुका विराट कोहली र देवदत्त पाडिकलले ५० रनको साझेदारी गरे । 

त्यसअघि पहिलो ब्याटिङ गरेको लखनउले २० ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । लखनउका लागि सबैभन्दा मिचेल मार्सले ४० रन बनाए । 

बेङ्गलुरुका रसिक सलामले ४ विकेट लिए । भुवनेश्वर कुमारले ३ तथा क्रुनाल पाण्ड्याले २ र जोस हेजलउडले १ विकेट लिए । 

योसँगै बेङ्गलुरु ५ खेलमा चौथो जीत निकाल्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।  लखनउ सुपर जायन्ट्सको पाँचौँ खेलमा तेस्रो हार हो । टोली सातौं स्थानमा यथावत् छ । आईपीएलमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सले खेल्दैछन् । यो खेल मुम्बईमा बेलुकी पौने ८ बजे शुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट