प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

  डेटूडे खबर डेस्क
  ०३ वैशाख २०८३

                            

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् । मुख्यमन्त्री हरुसँगको बैठक  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ ।

बैठकमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा छलफल  भएकाे बताइएको छ ।

यसअघि शाहले प्रत्यक्ष र समानुपातिकतर्फका सांसदहरुसँग छलफल गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट