प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुइतिहाई चाहिन्छ, हामी नियालिरहेका छौं: मनिष सुमन

  डेटूडे खबर डेस्क
  २७ कार्तिक २०७८

                            

काठमाडौँ. २७ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता तथा प्रदेश नम्बर २ का सांसद मनिष सुमनले अहिले अदालतभित्र भैरहेको विवादको विषयमा आफ्नो पार्टीले नजिकबाट नियाँलिरहेको भए पनि यसबारेमा कुनै धारणा नबनाएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘जनता समाजवादी पार्टी अनुशासित पार्टी हो । सुरुदेखि नै हाम्रो लाइन प्रष्ट छ, अदालतप्रति जनताको अघात विश्वास छ । आस्था छ । अदालतको निर्णय सबैले मान्ने गरेका छन् । अदालतको कुनै निर्णयको विरुद्धमा हाम्रो पार्टीले बोल्दैन । अदालतभित्रको चलिरहेको आन्दोलनबारे पनि हामी जानेर नै मौन छौं । बार एशोसिएशन विद्धानहरुको थलो हो । श्रीमानहरु पनि छन् । आन्दोलनले छिट्टै निकास पाउला । तर, हामी यो आन्दोलनको पक्ष र विपक्ष कतै पनि आफूलाई उभ्याउँदैनौं ।’

उनले प्रधानन्यायाधीशविरुद्ध महाभियोग पारित गर्न दुई तिहाई चाहिने पनि उल्लेख गरे । शनिबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘अदालतभित्रको विवादको विषयमा भोलि गठबन्धनले केही निर्णय गर्‍यो भने सोचौला । तर, यो आन्दोलनसँग हामीले पार्टीलाई अलग्गै राखेका छौं ।’ उनले न्यायालयमा भ्रष्टाचार छ भनेर आफूहरु तथ्य नभेटिकन हचुवाका भरमा नबोल्ने पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट