महोत्तरीमा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा जुटेन सहमति

  डेटूडे खबर डेस्क
  २७ कार्तिक २०७८

                            

महोत्तरी, २७ कार्तिक । नेकपा एमाले महोत्तरीको महाधिवेशन प्रतिनिधि चयन गर्न बसेको बैठक आज पनि निष्कर्षबिहीन बनेको छ ।

महाधिवेशन प्रतिनिधिका आकांक्षीबीच विवाद भएपछि बैठकमा सहमति जुट्न नसकेको हो ।

सर्वसम्मतिमा चयन हुने अवस्था नदेखिएपछि आइतबार जिल्ला कार्यालयको बैठक बसेर निर्वाचन आयोग गठन गर्ने तयारी भइरहेको नेकपा एमाले महोत्तरीले जनाएको छ ।

महोत्तरीमा एमालेका लगभग १७ हजार ७ सय सदस्य रहेको र ४ वटै क्षेत्रबाट सदस्य संख्याको आधारमा विधानअनुसार महोत्तरी जिल्लाबाट २८ जना प्रतिनिधि चयन गर्नुपर्ने नेकपा एमाले महोत्तरीका इन्चार्ज टेक बहादुर बलाम्पाकीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट