लोसपाको पक्षमा १७ प्रदेश सांसद

  डेटूडे खबर डेस्क
  २२ भदौ २०७८

                            

काठमाडौं, २२ भदौ । जनता समाजवादी पार्टीका १७ जना प्रदेश सांसदले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।

दल रोज्न दिएको समय बुधबारसम्म प्रदेश २ का १६ र सुदूरपश्चिमका एक जना गरी १७ प्रदेशसभा सदस्यले लोसपा रोजेका हुन् ।

स्थानीय तहका जनप्रतिनिधिमध्ये लोसपा रोज्ने धेरै जनप्रतिनिधि महोत्तरी जिल्लाका छन् । महोत्तरीबाट २५८ जना जनप्रतिनिधिले लोसपा रोजेका छन् ।

त्यस्तै बाराका १३८, सर्लाहीबाट १३७, धनुषाबाट १०९, सप्तरीबाट ९६, रौतहटबाट ८८, रुपन्देहीबाट २०, सिरहाबाट १२, पर्साबाट २८ र कपिलवस्तुबाट १ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् ।

दल विभाजनलाई सहज हुने गरी सरकारले अध्यादेश ल्याएपछि विभाजित भएको दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ सम्मको समय दिइएको थियो ।

यसअघि नै संघीय संसदका रेशम चौधरीसहित १५ सांसद र १७ कार्यकारिणी सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी रोजिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट