एमसीसी फिर्ता गर्ने चाहना छैन तर संशोधनबारे स्पष्ट हुनुपर्छ : दाहाल

  डेटूडे खबर डेस्क
  ०४ मंसिर २०७८

                            

०४ मंसिर । भानेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी अनुदान फिर्ता गर्ने आफ्नो चाहना नरहेको बताएका छन् । शनिबार साँझ भरतपुर विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा एमसीसीबारे पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै यस्तो भनेका हुन् । ‘अमेरिकाप्रति हाम्रो कुनै एलर्जी हैन । यसमा ठूलो समस्या हुन्छ भन्ने लाग्दैन,’ अध्यक्ष दाहालले भनेका छन् । सबै पार्टीको बैठक बसेर यसलाई कसरी हल गर्ने भन्नेबारे प्रधानमन्त्रीसंग कुरा भएको उनले बताए । ‘संसद्‍मा प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीको बैठक बसेर छलफल गर्ने भनेको हो । यही ८ गते बस्ने भनेको एमालेले अधिवेशन छ पछि गरौं भन्यो । यसलाई हामी राष्ट्रिय सहमति गरेर, राजनीतिक दलहरूले पनि समझदारी बनाएर । अनि पत्रकारहरू, वरिष्ठ सम्पादकहरू, नागरिक आन्दोलन, बुद्धिजीविसँग पनि छलफल र बिमर्श गरेर निकास निकाल्ने कोसिस रहन्छ’ दाहालले भने । अमेरिकासंग झण्डै ७५ वर्ष लामो कुटनीतिक सम्बन्ध रहेको स्मर्ण गर्दै नेता दाहालले यसबीचमा थुप्रै युएसएडका प्रोग्राम तथा मिसनहरू नेपालमा चलेको बताए । ‘प्रधानमन्त्रीको भनाइ सुरुदेखि नै एकै छ । तर मेरो भनाइ के हो भने पछि जुन संशोधन भयो त्यसबारे स्पष्ट हुन जरुरी छ । अनुदान लिनुपर्छ । आवश्यकता छ । भौतिक पूर्वाधारका लागि सहयोग आवश्यक त छ । अमेरिकाबाट सहयोग विगतदेखि नै लिँदैआएका पनि छौं । तर पछि भएको संशोधनबारे प्रष्ट हुनु जरुरी छ’ दाहालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट