एमालेको अवराेध बिच सरकारले पेस गर्यो राजनीतिक दलसम्बन्धी अध्यादेश

डेटूडे खबर डेस्क
२३ भदौ २०७८
२३ भदौ २०७८, डे2डे खबर ।
काठमाडौँ । नेकपा एमालेको अवराेधकै बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेश गरेको छ।
एमालेले दोस्रो पटक पनि बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकाटोले अध्यादेश विधेयक टेबल गर्न गृहमन्त्री बालकृष्ण खाँडलाई समय दिएका थिए।
एमालेका सांसदहरुको नाराबाजी र घेरा तोडी रोस्टममा पुगेर गृहमन्त्री खाँडले राजनीतिक दलसम्बन्धी अध्यादेश (दोस्रो संशोधन) पेस गरेका थिए।
बुधबार एमालेले गरेको अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश दोस्रो संसोधन विधेयक संसदमा टेबल गरेका हुन्।
दिउँसो ४ बजे सुरु भएको बैठक एमालेले नारावाजी गरेर अवरुद्ध गरेको थियो। त्यसपछि सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
१५ मिनेटपछि सुरु भएको बैठक पनि एमालेले अवरुद्ध गरेपछि फेरि १५ मिनेटका लागि स्थगित गरिएको थियो।
त्यसपछि सुरु भएको बैठकमा भने एमालेको अवरोधबीच अध्यादेश टेबल भएको छ।
सरकारले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजन गर्न सहज हुने गरी भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो।
अध्यादेश ल्याएको ६० दिनभित्र संसदबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
६० दिनभित्र संसदबाट पारित नभए ती अध्यादेश स्वतः निष्क्रिय हुन्छ।