एमाले केन्द्रीय कमिटी संख्या ३०१ पुर्याइयो, उपाध्यक्ष र उपमहासचिव संख्या थप

डेटूडे खबर डेस्क
११ मंसिर २०७८
जनकपुरधाम,११ मंसिर । नेकपा एमालेले पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या बढाएको छ ।
केन्द्रीय कमिटीको शुक्रबार राति सौराहामा बसेको अन्तिम बैठकले केन्द्रीय कमिटी संख्या २२५ बाट ३०१ पुर्याएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ९९ सदस्यीय पोलिटब्यूरो व्यवस्था गर्ने, केन्द्रीय कमिटीमा वरिष्ठसहित ७ उपाध्यक्ष र ३ उपमहासचिवको व्यवस्था गर्ने निर्णय गरेको छ ।
आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेस गरिने भट्टराईले जानकारी दिनुभयो ।
एमालेल अनुशासन आयोग र लेखा आयोगलाई २५–२५ सदस्यीय बनाएको छ ।
बैठकले स्थायी कमिटीबाट मनोनीत गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ ।