बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  ११ मंसिर २०७८

                            

जनकपुरधाम, ११ मंसिर । बाँकेमा कोरोना सङ्क्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ का ६५ वर्षीय पुरुष र कोहलपुर ११ की ६४ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४३ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट