एमाले महाधिवेशन : बन्द सत्र शुरु हुन सकेन, सहमतिको प्रयास जारी

  डेटूडे खबर डेस्क
  १२ मंसिर २०७८

                            

चितवन, १२ मंसिर । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो ।

नेतृत्व चयनका लागि सहमती जुटाउन एमाले अध्यक्ष ओली छलफलमा बस्नुभएपछि अहिले बन्दसत्र हुने स्थल सुनसानजस्तै बनेको छ । सहमतिको प्रयासका लागि अध्यक्ष ओली बस्नुभएको होटल बाहिर भने नेताहरुको भने भिड छ ।

अध्यक्ष ओलीले पदाधिकारीसहित केन्द्रीय सदस्य र आयोगको समेट टुङ्गो लगाउने भएपछि त्यसको तयारीमा उहाँ निकट नेताहरु तयारीमा रहनुभएको छ ।

आफुले चाहेको पदमा राखिदिन नेताहरुले दवाब दिएका छ्न ।

अध्यक्षका प्रत्यासी भीम रावल निकटले महाधिवेशन स्थलाम प्रचार बितरण गर्दा ओली निकटका कार्यकर्ताले रोकेका थिए । अहिले अध्यक्ष ओली, सुवासचन्द्र नेम्वाङ, इश्वर पोखरेल, शंकर पोखरेल लगायतका नेताहरु छलफलमा रहेका छ्न । छलफलबाट निस्कर्ष निस्केपछी मात्र बन्दसत्र सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट