एमाले अध्यक्षमा ओली पुनः निर्वाचित

डेटूडे खबर डेस्क
१४ मंसिर २०७८
जनकपुरधाम, १४ मंसिर । नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ ।
कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए । ओलीका प्रतिस्पर्धी भीम रावलले करीब १२ प्रतिशत मत प्राप्त गर्नुभएको छ ।
मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गर्नुभएको हो ।
विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो । कतिपय प्रतिनिधिले अध्यक्षका दुवै उम्मेदवारलाई मत दिएको बुझिएको छ ।
अध्यक्ष ओली गत नवौँ महाधिवेशनमा माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो ।
वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेललगायत पदाधिकारी भने निर्विरोध निर्वाचित हुनुभएको छ ।
तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।
पदाधिकारी नतिजा
अध्यक्ष
केपी शर्मा ओली १८३७ (निर्वाचित)
भीमबहादुर रावल २२३वरिष्ठ उपाध्यक्ष
ईश्वर पोखरेल (निर्विरोध निर्वाचित)उपाध्यक्ष
अष्टलक्ष्मी शाक्य १९८० (निर्वाचित)
सुरेन्द्रप्रसाद पाण्डे १९२९ (निर्वाचित)
सुवासचन्द्र नेम्वाङ १८६९ (निर्वाचित)
विष्णु पौडेल १८५९ (निर्वाचित)
युवराज ज्ञवाली १८४६ (निर्वाचित)
रामबहादुर थापा १७७१ (निर्वाचित)
घनश्याम भूसाल ७२६महासचिव
शंकर पोखरेल (निर्विरोध निर्वाचित)उपमहासचिव
पृथ्वी सुब्बा गुरुङ (निर्विरोध निर्वाचित)
प्रदीप ज्ञवाली (निर्विरोध निर्वाचित)
विष्णुप्रसाद रिमाल (निर्विरोध निर्वाचित)सचिव
गोकर्ण विष्ट १९७८ (निर्वाचित)
योगेश भट्टराई १९६४ (निर्वाचित)
टोपबहादुर रायमाझी १८०७ (निर्वाचित)
छविलाल विश्वकर्मा १८०६ (निर्वाचित)
पद्मा अर्याल १८०३ (निर्वाचित)
लेखराज भट्ट १७०७ (निर्वाचित)
रघुवीर महासेठ १५०३ (निर्वाचित)
भीम आचार्य ७८९
टंक कार्की ५६०