एमाले महाधिवेशनः अध्यक्ष ओलीसहितले लिनुभयो शपथ
डेटूडे खबर डेस्क
१४ मंसिर २०७८
जनकपुरधाम, १४ मंसिर । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिनुभएको छ ।
नवनिर्वाचित अध्यक्ष ओलीले मंगलबार साँझ सौराहामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट शपथ लिनुभएको हो । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो ।
अध्यक्ष ओली डा. भीमबहादुर रावललाई हराउँदै निर्वाचित हुनुभएको हो । उहाँले १८३७ मत पाउँदा रावलले २२३ मत पाउनुभयो ।
