माओवादी केन्द्रको प्रदेश नं २ अधिवेशन : आज बन्दसत्र सुरु हुँदै

डेटूडे खबर डेस्क
०४ पौष २०७८
सर्लाही, ०४ पुस । नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र आज सुरु हुँदैछ । सर्लाहीको लालबन्दीमा जारी अधिवेशनमा शनिबार प्रतिनिधि छनोटमा विवाद भएपछि आज बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको थियो ।
अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद भएको जिल्ला अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिएका छन् । पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उनको भनाइ छ ।
प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भइरहेको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।