प्रदेश-२ अधिवेशनमा देउवा विरुद्ध निधि र कोइरालाको गठबन्धन

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७८

                            

जनकपुरधाम, ०६ पुस । नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आजदेखि हुँदैछ । आज दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको प्रदेश निर्वाचन समितिले जनाएको  छ ।

समितिकाअनुसार चुनाव भोलि हुनेछ । प्रदेश-२ मा सभापति शेरबहादुर देउवा विरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ । देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ भने निधिले आफू निकट रामसरोज यादवलाई अघि सार्नु भएको छ ।

कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ ।  प्रदेश सभा संसदीय दलका नेता समेत रहेका रामसरोज यादव अहिले  भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ । गृह प्रदेशमा आफ्नो प्रभाव स्थापित गराउने प्रयासमा निधि हुनुहुन्छ ।

कोइराला समूहले पनि प्रदेश-२ को अधिवेशनलाई प्रतिष्ठाको रुपमा लिएको छ ।  प्रदेश-२ को चुनावमा झण्डै २ हजार ७५ मतदाता छन् । कांग्रेसको विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि मतदाता हुन्छन् ।

गएको मंसिर १७ गते प्रदेश अधिवेशन उद्घाटन भए पनि केही जिल्लाबाट महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधि छनोटमा ढिलाइ भएको भन्दै अधिवेशन केन्द्रीय महाधिवेशन पछि मात्रै गर्ने गरी स्थगित गरिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट