कांग्रेस प्रदेश २ सभापतिका लागि देउवा समूह र निधि समूहबाट उम्मेदवारी

  डेटूडे खबर डेस्क
  ०६ पौष २०७८

                            

जनकपुरधाम, ०६ पुस । नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवको उम्मेदवारी परेको छ । रामसरोज यादव प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्री हुनुहुन्छ भने कृष्ण यादव पार्टीको रौतहट जिल्ला सभापति हुनुहुन्छ ।

कृष्णा यादव पार्टी सभापति शेरबहादुर देउवा निकट र रामसरोज नेता विमलेन्द्र निधि निकट हुनुहुन्छ । यस अघि अधिवेशनको मङ्सिर १६ गते नै उद्घाटन भए पनि सर्लाहीसहित केही जिल्लाबाट प्रतिनिधि छनोट नभएकाले निर्वाचन कार्यक्रम स्थगित भएको थियो ।

देउवा पक्षबाट उम्मेदवारी दर्ता गराउनुभएका कृष्णा यादवले कांग्रेसलाई वडादेखि प्रतिनिधि सभा क्षेत्रमा बलियाे बनाउन आफ्नाे उम्मेदवारी रहेकाे बताउनुभएकाे छ । अर्का उम्मेदवार रामसराेज यादवले कांग्रेसलाई बलियाे बनाएर प्रदेश पार्टीकाे सरकार बनाउने दाबी गर्नुभएकाे छ । आज उम्मेदवारी दर्ता भएपछि भोलि बुधवार बिहानैदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट