कृष्णप्रसाद भट्टराईको ९८औँ जन्मजयन्ती आज

  डेटूडे खबर डेस्क
  ०८ पौष २०७८

                            

जनकपुरधाम, ०८ पुस । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको आज ९८ औं जन्मजयन्ती मनाईदै छ। 

 नेपाली कांग्रेसले एक कार्याक्रम गरी नेता भट्टराईको स्मरण गर्दैछ। किशुनजीका नामले परिचित सन्त नेता भट्टराई राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए।

उनले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।  सन् १९२४ पुष ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको विक्रम सम्वत् २०६७ साल फागुन २० गते निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट