प्रदेश २ को कांग्रेस सभापतिमा कृष्ण यादव विजयी

  डेटूडे खबर डेस्क
  ०९ पौष २०७८

                            

जनकपुरधाम, ०९ पुस । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् । अर्का प्रत्यासी रामसरोज भने कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट