कांग्रेसको जिल्ला अधिवेशन फेरि सर्‍याे, अब माघ १५ गते हुने

  डेटूडे खबर डेस्क
  २१ पौष २०७८

                            

जनकपुरधाम, २१ पुस । नेपाली कांग्रेसको १६ वटा जिल्लाको अधिवेशन फेरि सरेको छ । यसअघि विभिन्न कारणले पटक पटक सर्दै आएको जिल्ला अधिवेशन यसपटक राष्ट्रियसभा चुनावको कारण सरेको हो ।

अधिवेशन हुन बाँकी १६ वटा जिल्लाको अधिवेशन यहि पुसको २७ गते गर्ने कार्यतालिका रहेकोमा सारेर माघको १५ गतेलाई नयाँ मिति तोकिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । माघ १२ गते हुने राष्ट्रियसभा चुनावका कारण अधिवेशन सरेको समितिले जनाएको छ । 

नेपाली कांग्रेसले प्रदेश दुईका सबै आठ वटा जिल्ला, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा जिल्ला अधिवेशन गर्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट