नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

  डेटूडे खबर डेस्क
  २१ पौष २०७८

                            

जनकपुरधाम, २१ पुस । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालमा गरिने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । 

काठमाण्डाैमा आज बुधवार आयोजित कार्यक्रममा हङकङमा मुख्य कार्यालय रहेको 'आइडिया ग्रुप' गैरआवसीय नेपाली तथा विदेशी साझेदार संलग्न बहुराष्ट्रिय कम्पनीको नेपाली परियोजना उद्घाटन कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा जडीबुटी प्रशोधनका क्षेत्र लगानीका लागि उर्बर रहेको बताउनुभयो ।  

‘भारतीयले विदेशमा आर्जन गरेको ज्ञानबाट बेङ्लोरमा ठूलो परिवर्तन ल्याएर देखाए, यस्तै परिवर्तन गैरआवासीय नेपालीले पनि नेपालमा कुनै क्षेत्रमा लगानी गरेर देखाउन सक्छन्, कामको खोजीमा खाडी जाने नेपाली युवालाई यहीँ रोजगारी दिन सक्छन्, देशलाई अघि बढाउने रचनात्मक सोच अघि सार्न पनि गैर आवासीय नेपालीको यसतर्फ ध्यान जानुपर्छ’, पूर्वराष्ट्रपति यादवले भन्नुभयो । प्रधानन्यायधीशले अदालत र एउटा दलले संसद् बन्धक बनाउने प्रवृत्ति जारी रहेसम्म यस्ता सोचमा ध्यान जान नसक्ने भएकाले समस्या समाधानका लागि उहाँले सबै पक्षलाई आग्रह गर्नुभयो । सकारात्मक सोचका लागि विश्वविद्यालयको जनशक्तिसँग पनि सञ्जाल निर्माण गरेर सहकार्य गरिनुपर्नेमा यादवले जोड दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट