स्थानीय निर्वाचनको मिति घोषणा गर्न सरकारलाई राजनीतिक दलहरुको आग्रह

डेटूडे खबर डेस्क
३० पौष २०७८
जनकपुरधाम, ३० पुष । प्रमुख राजनीतिक दलले सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका छन् ।
निर्वाचन आयोगले शुक्रबार बोलाएको छलफलमा सहभागी प्रमुख राजनीतिक दलका नेताहरुले आयोगको सिफारिसअनुसार स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न आग्रह गरेका हुन् ।
बैठकपछि कांग्रेस नेता रमेश लेखकले आयोगको सिफारिसबारे निर्णयमा पुग्न सरकारको ध्यानाकर्षण गराएको जानकारी दिनुभयो । निर्वाचन आयोगले आगामी वैशाख १४ गते वा दुई चरणमा गर्ने भए वैशाख १४ र २२ गते प्रस्ताव गरेको थियो ।
एमाले उपमहासचिव विष्णु रिमालले निर्वाचनबाहेक अर्को विकल्प नभएकाले जेठ ५ गतेअघि नै स्थानीय तहमा नयाँ जनप्रतिनिधि बहाल भइसक्नुपर्ने धारणा राख्नुभयो ।